चन्द्रपुर, २३ बैशाख । बन्दाबन्दी तथा निषेधाज्ञाको मौका छोपी रौतहटको बजारमा कालोबजारी भएको गुनासो बढेपछि रौतहटमा बजार अनुगमन सुरु भएको छ । जिल्लाको चन्द्रपुर नगर क्षेत्रका बजारमा अनुगमन सुरु भएको हो । बिहीवार बजार अनुगमनमा चन्द्रपुर नगरपलिकाकी उप–मेयर रामरती चौधरी, चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साह, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरे, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरी, चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव सुनिल कुमा साह, इलाका प्रहरी र प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधिहरु द्धारा बजार अनुगमन गरिएको हो । अनुगमनको क्रममा बालचनपुर तथा डुमरियाका विभिन्न पसलबाट म्याद गुज्रिएको तथा अखाद्य बस्तु बरामद भएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरीले जानकारी दिए । बजार अनुगमन टोलिलाई आएको थाहा पाउने बित्तिकै सो स्थानका केही पसलेहरुले पसको सटर झारेर फरार भएको चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साहले बताए । अनुगमनको क्रममा फेला परेको म्याद गुज्रिएका समाग्री तथा अखाद्य बस्तु अनुगमन सकेपछि नष्ट गर्ने चन्द्रपुर नगरपालिकाकी उप प्रमुख राम रती चौधरीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here