रौतहट,२४ बैशाख । आज बिहानैबाट हावाहुरी सहित रौतहटमा बिषण बर्षा भएको छ । बर्षासंगै रौतहटमा चट्याङ समेत परेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर मौसम बदली भई दिनभर वर्षा हुने सम्भावना रहेको बताएको छ । बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण दैनिकजसो वर्षा भइरहेको बताएको छ।आज दिउँसो देशका पहाडी भू–भागका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। यस्तै देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको पनि महाशाखाले जनाएको छ ।आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने बुलेटिनमा उल्लेख गरिएको छ । देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here