गौर, २४ बैशाख । कोरोनाबाट रौतहटमा ज्यान गुमाउनेको संख्या बढदै जानथालेको छ । जिल्लामा अहिले सम्म नौ जनाको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकमध्ये गौर र गढीमाई नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका दुई÷दुई रहेका छन् भने माधवनारायण, फतुवाविजयपुर र कटहरिया नगरपालिकाका एक÷एक जना रहेका छन् । मृत्यु हुनेमा तीन जना महिला र छ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाका अवधबिहारी सिंहका ५५ वर्षीय छोरा बालकिशोर सिंह र दुर्गाभगवती गाउँपालिका ३ मन्सरीका फौदी साहकी ५४ वर्षीया श्रीमती पवनदेवी साह रहेकी छन् । सिंहको उपचारको क्रममा रौतहटमै तथा साहको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको हो । यसैगरी गौर नगरपालिका २ महादेवपटीका ५५ वर्षीय जगदीश बैठाको उपचारको क्रममा जिल्लामै मृत्यु भएको छ भने गौर नगरपालिका १ गौरका गणेशप्रसाद कानुका ५४ वर्षीय छोरा चन्द्रिकाप्रसाद कानुको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको छ । यस्तै गढीमाई नगरपालिका ३ पर्साका जगदीशलाल कर्णका ५० वर्षका छोरा विनोद कर्णको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको छ भने गढीमाई नगरपालिका ४ सुन्दरपुरका जलेश्वरप्रसाद साहका ३६ वर्षीय छोरा देवप्रकाश साहको पनि उपचारको क्रममा वीरगंजमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यालवले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here