चन्द्रनिगाहपुर,२४ बैशाख । पुर्ब पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा सडक डिभिजन कार्यलयले राजमार्ग छेउमा खनेको खाल्डामा दुर्घटनाको खतरा बढेको छ । चन्द्रनिगाहपुर स्थित मेन चोकमा सडक छेउमा सडक स्तरउन्नतीका लागि सडक डिभिजन कार्यलयले खनेको खाल्डोमा पानी जमेर पोखरी बनेका कारण दुर्घटनाको खतरा बढेको स्थानीय बासिन्दाले बताएकाछन् । उता सडक बिभागले सडक स्तरउन्नतीका लागि खनेको खाल्डोनै बाङगो टिङगो भएको स्थानीय बासिन्दा सुरेन्द्र साहले बताए ।
बिचमा बिजुलीको पोल भएको भएपनि सो पोल नहटाइ खनिएका कारण सडक बाङगो हुने भएकाले पोल सारेर मात्र काम गर्नुपर्ने स्थानीयको भनाइ रहेको छ । बर्षा लागेपछि बिभागले काम थालेका कारण खनेको स्थानमा पानी भरिएका कारण बालबालिका सो पानीमा डुब्न सक्ने सम्भावना रहेको स्थानीयले तराई एक्सप्रेसलाई बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here