अशोक पहाडी ,चन्द्रपुर,२५ बैशाख ।
रौतहट जिल्लामा निषेधाज्ञासंगै हाट बजार बन्द भएपछि किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेको छ । बजारमा तरकारी लगेर बेच्ने अवस्था नभएका कारण तरकारी बारीमै कुहन थालेको रौतहटका किसानले बताएकाछन् ।
बिगत दुई साता देखी जिल्लाको उत्तरी भेगका हाटबजार कोरोनाका कारण स्थानीय प्रशासनले बन्द गरेका कारण किसान मारमा परेका ह्न ।
जिल्लाको चन्द्रपुर १० श्रीनगरका किसानले लगाएको तरकारी हाटबजार बन्द भएसंगै बारीमै कुहिन थालेपछि आफुहरु थप मारमा परेको स्थानीय तरकारी किसान अबध पटेलले बताए । स्थानीय किसानले तरकारी बिक्रि बितरणका लागि सहज बाताबरण बनाइदिन सरकारसंग माग गरेकाछन् ।