काठमाण्डौं, २६ बैशाख । जनता समाजवादी पार्टीले प्रधानमन्त्रीलाइ विश्वासको मत दिन नसकिने स्पष्ट पारेको छ । आज पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्नुभएको हो । आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो । आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता नलिएको बिषयमा असन्तुष्टी पोख्दै दुबै नेताहरुले आफुहरुको माग पुरा नभएसम्म विश्वासको मत दिन नसक्ने जनाएका हुन् । जेलमा रहेका आफना नेता कार्यकर्ताको रिहाइको सम्बन्धमा प्रधानमन्त्रीलाई प्रश्न राख्नुभएका नेताहरुको जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा गर्नुपर्ने खालका जानकारी दिनुभएको थियो । यसअघि आजै जसपाका नेताहरु ठाकुर र महतो काँगे्रस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो । सभापति देउवाले पनि जसपाका नेताहरुलाई ओलीले लिने विश्वासको मतका बारेमा तथस्ट रहन सुझाव दिनु भएको छ । त्यसै गरि जसपाले केपी ओलीलाई सरकारबाट हटाउने निर्णय जसपाले नगरेको जानकारी पनि देउवालाई दिनुभयो । बाबुराम भट्राइ र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको उहाँहरुले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here