रौतहट, २६ वैशाख । रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा दुई संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा रहेका २ जनाको आज मृत्यु भएपछि रौतहटमा कोरोनाका कारण मृत्यस हुनेको संख्या १६ पुगेको हो । शनिबार राति गौर नगरपालिका वडा नं. ५ की १० वर्षीया बालिका र गौर ३ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वैशाख १३ देखि २५ गते सम्ममा रौतहटका १६ जना संक्रमितले ज्यान गुमाइ सकेका छन् । यसै गरी गौर अस्पतालमा गरिएको स्वाब परीक्षणमा आइतबार मात्रै रौतहटमा ५९ जनामा संक्रमण पुष्टि भएको छ । गौर अस्पतालको पीसीआर ल्याबमा भएको १ सय १३ जनाको परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ । आइतबार थपिएका मध्ये सबैभन्दा बढी २२ जना परोहा नगरपालिकाका छन् भने गौर नगरपालिकाका १९ जनामा संक्रमण देखिएको छ । शनिबार मात्रै रौतहटमा ४८ नयाँ संक्रमित थपिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here