गौर, २६ बैशाख । रौतहटमा कोरोना संक्रमण कारण ज्यान गुमाउनेहरुको संख्या लगातार बढन थालेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट रौतहटमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा रहेका थप दुई जनाको शनिबार मृत्यु भएसँगै मृत्यु हुने संक्रमितको संख्या १४ पुगेको हो । नारायणी अस्पताल वीरगञ्जमा गौर नगरपालिका–९ का ५५ वर्षीय पुरुष र गौर अस्पतालमा राजपुर नगरपालिका– का ६० वर्षिय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । वैशाख १३ देखि २५ गतेसम्म रौतहटका १४ जना संक्रमितले ज्यान गुमाएको प्रशासनले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा रौतहटमा ४८ जना संक्रमित थपिएका छन । गौर अस्पतालको पीसीआर ल्याबमा सय जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १२ जना गौर नगरपालिकाका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here