गौर,२६ बैशाख । रौतहटका विभिन्न बजारबाट प्रहरीले एक सय ३८ वटा अक्सिजन सिलिण्डर बरामद गरेको छ । प्रहरीले शनिनबार र आइतबार बजारका विभिन्न पसलबाट सिलिण्डर बरामद गरेको जनाएका छन् । स्वस्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले स्टक गरी राखेको अक्सिजन सिलिण्डर बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धिविक्रम शाहले बताए । सिलिण्डर गरुडा, गौर र चन्द्रपुर गरी सात स्थानबाट नियन्त्रणमा लिएको हो । सिलिण्डर स्टक गर्ने व्यक्तिमाथि अनुसन्धान भइरहेको शाहले बताए । बरामद गरिएको सिलिण्डर गौर अस्पतालमा रहेको अस्थायी कोभिड वार्डका डा. घनश्याम ठाकुरलाई हस्तान्तरण गरेको शाहले बताए । गौर अस्पतालमा १६ जना कोभिड संक्रमितको उपचार भइरहेको छ । कोरोनाको दोस्रो लहर आएपछि रौतहटमा ३२९ जनामा संक्रमण देखिएको छ । जसमध्ये २९२ जना सक्रिय संक्रमित हुन् । यस्तै, १४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here