रुपेन्द्र पटेल
चन्द्रपुर,२६ बैशाख ।
रौतहटमा सर्जिकल माक्सको मुल्य निर्धारण भएपनि मुल्य भन्दा तेब्बरमा मुल्यमा बिक्रि वितरण हुने गरेको पाईन्छ । रौतहटको बजारमा मेडिकल तथा विभिन्न पसलेहरुले माक्सको मुल्य खरिद गरेको भन्दा तेब्बरमा बिक्रि गर्ने गरेको पाईन्छ । माक्सको मुल्य तेब्बरले बढ्यो भनेर चौतर्फी विरोध हुन थालेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले रौतहट उधोग बाणिज्य संघलाई माक्सको मुल्य निर्धारण गर्न अनुरोध गरेको थियो । सोही अधारमा उधोग बाणिज्य संघले माक्सको मुल्य ५ रुपैयामा तोकेको थिए । उधोग बाणिज्य संघले एक सुचना जारी गर्दै रौतहटमा सर्जिकल माक्स रु ५ रुपैया भन्दा बढीमा बेच्नेलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका थिए । तर उधोग बाणिज्य संघको आदेश विपरित रौतहटको बजारमा माक्स मन परि मुल्यमा बिक्रि वितरण भइरहदा समेत संघले हाल सम्म कुनै ब्यापारी तथा मेडिकल सञ्चालकलाई कारवाही गर्न नसकेको गुनासो बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here