रौतहट २६ बैशाख । रौतहट । कोरोना महामारीको दोस्रो लहरमा संक्रमण दर घटाउन जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको अवधीमा कटहरियामा चोरिको घटनामा वृद्धि भएको छ ।
एकैपटक दुईघरमा भएको चोरिको बारेमा कुनै सफलता न पाँउदै गएराती फेरि दुई मोटरसाइकल चोरी भएको छ । कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रको हाता भित्र राखिएको एकजना कर्मचारीको मोटरसाइकल चोरी भएको हो ।
ना ३८ प ९१९६ नम्बरको हिरो स्पलेण्डर मोटरसाइकल स्वास्थ केन्द्रको हाताभित्रै बाट चोरी भएको पीडित कर्मचारी कटहरिया ५ का सुरेन्द्र साहले बताएका छन ।
गएराती खाना खाएर सुत्नजांदा सम्म मोटरसाइकल सुरक्षीत नै थियो तर बिहान चोरी भएको पीडित साहले दुखेसो पोखेका छन ।
त्यसैगरी कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताको घर अगाडि लक गरेर राखिएको प्रदेश २ ०३ ००९प १४०० पलाटिना मोटरसाइकल चोरी भएको छ । बिहेबारिमा सहभागी हुन आएका बारा हरनहियाका गुप्ताको ज्वाइँ रामेश्वर साहको उक्त मोटरसाइकल चोरी भएको छ। घर अगाडि बिधुत पोलमा रहेको सिसि टिवि क्यामरामा दुईजनाको संख्यामा रहेका चोरले राती १ बजेर १४ मिनेटमा ह्यान्डल् लक तोडेर लगेको देखिएको वडा अध्यक्ष गुप्ताले जानकारी दिएका छन ।
यस अघि शुक्रबार राती कटहरिया ५ का तवारख मियां र हरिशंकर साहको घरमा चोरी भएको छ । घरको बार भत्काएर भित्र पसेका चोरले तवारखको घर बाट छोरिको बिहेको लागि ल्याएको १६ हजारको लहंगा,अन्य कपडा तथा नगद गरि ६० हजार बराबरको धनमाल चोरेको पीडित ले बताएका छन ।
त्यसैगरी हरिशंकरको घर बाट नगद,गहना र कपडागरि ५० हजार भन्दा बढिको सामान चोरी भएको पीडित परिवारले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाका सई महानन्द कुर्मिले दुबै घटनाको पुष्टि गर्दै थपअनुसंधान भैरहेको जानकारी दिएका छन ।
कोरोना महामारीको कारण अधिकांश बाहिर बाहिर कामगर्ने हरु हाल घर फर्केर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here