काठमाण्डौं, २८ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताउनुभएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष) ले नयाँ सरकार गठनका लागि तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष ठाकुरले भने मध्यराति विज्ञप्ति जारी गर्दै त्यसको विरोध गर्नुभएको हो । हिजो संसदमा पनि जसपाकै डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए।जारी विज्ञप्तिमा पनि ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गर्नुभएको छ । आफ्ना पार्टीले उठाएका मुद्दाबारे उहाँसँग भएका वार्ता सकारात्मक तथा कार्य–प्रगतिसमेत भइरहेकाले आफू अर्काे सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here