गौर, २९ बैशाख । कोरोना संक्रमणका कारण रौतहटमा बुधबार थप तीन जनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम गौरमा रहेको अस्थायी कोविड अस्पतालमा उपचारका क्रममा रहेका तीन जनाको मृत्यु भएको हो । गरुडा नगरपालिका ४, बौधिमाई नगरपालिका २ र राजदेवि नगरपालिका २ का गरी तिन जना पुरुषको मृत्यु भएको जिल्ला अस्पताल गौरले जनाएको छ । कोरोना संक्रमणका कारण रौतहटमा ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ । रौतहटमा आज थप ५९ जनामा कोविड १९ को संक्रमण पुष्टी भएको छ । यो सँगै जिल्लामा संक्रमितको कुल सँख्या ४८२ पुगेको छ । गौर अस्पतालको पिसिआर ल्याबमा १४१ जनाको स्वाब परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल गौरले जनाएको छ । बुधबार थपिएकाहरुमा सबै भन्दा बढी गौर नगरपालिकामा १४ जना, मौलापुरमा ११ र परोहामा १० जना रहेका छन । गौर नगरपालिकामा संक्रमितको सँख्या सय नाघेर १ सय २ पुगेको छ । हाल सम्म ५४९ जनामा संक्रमण पुष्टी हुदा ५१ जना निको भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मंगलबार मात्रै जिल्ला मा ४९ संक्रमित थपिएका थिए । जिल्लामा निषेधागा जारी रहदा पनि संक्रमणको दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले जेष्ठ १ गतेबाट पूर्ण लकडाउन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताउनुभयो । संक्रमण नियन्त्रण गर्न र स्थीतिलाई भयावह हुन नदिन जिल्ला लकडाउन गरिने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here