अशोक पहाडी
रौतहट,३० बैशाख ।
आज सम्म रौतहटमा ७३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्ला प्रशासन कार्यलय रौतहटले दिएको जानकारी अनुसार आज सम्म कोेरोना निको हुनेको संख्या ७३ जना रहेको छ । रौतहट जिल्लाभरीमा संक्रमितको संख्या ५९६ रहेको छ । संक्रमित मध्य ४७९ जान होम आइसोलेसनमा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिएकाछन् । गौर नगरपालिकामा १०३ जनामा संक्रमण देखा परेको छ भने चन्द्रपुर नगरपालिकामा ७९ जनामा संक्रमण देखा परेको प्रमुख जिल्ला अधिकारी यादवले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । कोरोनाका कारण रौतहटमा बिहिबार सम्म १८ जनाले ज्यान गुमाईसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here