रुपेन्द्र पटेल,चन्द्रनिगाहपुर,३० बैशाख । सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरले ठेकेदार मार्फत चन्द्रनिगाहपुर गौर सडक खण्डको स्तरउन्नती गर्ने काम गरेको भएपनि ग्रेवल मात्र हालेर छाडेका कारण दुर्घटनाको खतरा बढदै जान थालेको छ । चन्द्रनिगाहपुर गौर सडक खण्डमा हालिएको ग्रेबल सडकको दुबै किनारामा रहेका कारण अधिकांस मोटर साईकल तथा साईकल दुर्घटना भएको स्थानीय बासिन्दा शंखर तिमलसिनाले बताए ।
ठेकेदारले सडक पिच गर्ने काम बन्द गरेका कारण सडकमा रहेको ग्रेवलनै दुर्घटनाको कारक बनेको स्थानीयको भनाइ रहेको छ । स्थानीयले सडक तत्काल पिच नगरे अझै धेरै दुर्घटना हुने भन्दै काम चाडो गर्न सम्बन्धीत निकायसंग माग गरेकाछन् । ठेकेदारको चरम लापारवाहीका कारण सो सडकको बिचमा ग्रेवल हालेर अलपत्र छाडिएको छ । सो बिषयमा सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका प्रमुखसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।