अशोक पहाडी,
रौतहट,३१ बैशाख ।
जिल्लामा कोरोनाका कारण बिगत एक महिनामा ३६ जनाले ज्यान गुमाएका छन् । मृतक मध्य दुई जना पत्रकार समेत रहेकाछन् । मधेस मसला एफएमका स्टेसन म्यानेजर तथा जनकपुर टुडे दैनिकका समाचारदाता मनोज चौधरी र नेपाल प्रेस युनियनका जिल्ला कोषध्यक्ष रामादेवी यादवको पनि कोरोनाका कारण ज्यान गएको छ ।
गत बुधबार साँझ पत्रकार मनोजकुमार चौधरीको कोरोनाका कारण ज्यान गएको हो ।
पत्रकार महासंघ रौतहट शाखाका पूर्व उपाध्यक्ष जयप्रकाश यादवकी पत्नी तथा रेड टेलिभिजनकी संस्थापक एवम प्रेस युनियन रौतहकी कोषाध्यक्ष रामादेवीको कोरोना संक्रमण पुष्टि भएको केही बेरमै देहान्त भएको थियो । गत मंगलवार दिउँसो उनको ज्यान गएको हो ।
जिल्लामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्यामा बृद्धी हुदै जान थालेपछि शनिबारबाट जिल्लामा निषेधाज्ञा कडा पारिने प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिएकाछन् । शुक्रबार दिउसो ३ बजे सम्म रौतहट जिल्लामा संक्रमितको संख्या ६३९ जना रहेको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ । जिल्लामा कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेकाहरुको संख्या ५१९ जना रहेकाछन् । रौतहट जिल्लाका ४ जना कोरोना संक्रमितको जिल्ला बाहिर उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
जिल्लाको गौर नगरपालिकाकामा सबैभन्दा धेरै १०४ जनामा कोरोना संक्रमण देखिएको छ भने जिल्लाको चन्द्रपुर नगरपालिकामा शुक्रबार दिउसो ३ बजे सम्म ८० जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार सम्म जिल्लामा ७३ जनाले कोराना जितेको रौतहटका प्रमुख जिल्ला अधिकारी यादवको भनाइ रहेको छ ।
जिल्ला प्रशासन कार्यलयका अनुसार भारतको बिहारमा लकडाउन भएपछि पनि रौतहटका बिभिन्न नाका भएर १८७१ जना नेपाल आएको जनाईएको छ । रौतहट जिल्लामा कोरोना संक्रमितको अवस्था अयावह हुदै गएपछि स्थानीय प्रशासनले बजार बन्द गर्ने ,सवारी आवागमनमा कडाइ गर्ने लगाएका निर्णलय गरेको छ । शनिबारबाट एक हप्ताका लागि रौतहट जिल्लामा पुर्ण रुपमा निषेधाज्ञा गर्ने स्थानीय प्रशासनले तयारी थालेको छ ।
जिल्ला अस्पताल गौर तथा चन्द्रनिगाहपुरमा रहेको सहित स्मृती पार्कमा कोरोना संक्रतिको उपचारका ब्यावस्था गरिएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचनद्र चौधरीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
शनिबारबाट स्थानीय प्रशासनले आम सर्बसाधारणका लागि आफ्नो सुरक्षा आफै गर्न र स्थानीय प्रशासानले गरेको निषेधाज्ञाको उल्लंघन गर्ने माथि कडा कार्वाही गर्ने चेतावनी समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here