रुपेन्द्र पटेल
गरुडा, १ जेठ ।
प्रधानमन्त्री पदमा पुनः सपथ लिनु भएका केपि शर्मा ओलिलाई विवेकसिल साझा पार्टीका केन्द्रय सदस्य विवेक शर्माले टुइटर मार्फत सुझाव दिएका छ्न । विवेकसिल साझा पार्टीका केन्द्रीय सदस्य तथा रौतहटका समाजसेवी युवा नेता शर्माले आफ्नो टुइटर मार्फत लेखेका छ्न । “प्रधानमन्त्री तथा मन्त्री हुनु भएकोमा फेरि पनि बधाई छ । तर देशका केही जनताहरु अक्सिजन बिना त कोही भेन्टिलेटर बिना ज्यान गुमाई रहेका छन, सब भन्दा पहिला त्यस्ता नागरिकलाई अक्सिजन, भेन्टिलेटर तथा आईसियु सेवाको परिपुर्ति गर्नु । उनले रौतहटको जिल्ला अस्पताल गौरमा दक्ष जनशक्ति उपलब्ध गराउन समेत आग्रह गरेका छन् । उनले लेखेका छन । “ रौतहटको जिल्ला अस्पतालमा दक्ष जनशक्ति उपलब्ध गराउनु । मन्त्री बन्ने सौख मात्र न पलाउनु देश र जनताको लागि अहिलेको समयमा ज्यान बचाउने काममा लग्नुस । देश र जनता बाचे फेरि पनि मन्त्री बन्न सक्नु हुन्छ ।” उनको टुइटर स्टाटसमा कयौं युवाले समर्थन जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here