धनुषा,२ जेठ । कोरोनाका कारण धनुषामा दुईजना खेलकर्मीको निधन भएको छ । क्याकोसिन कराँते प्रदेश २ का अध्यक्ष तथा प्रशिक्षक बैजनाथ यादवको उपचारका क्रममा गएराती काठमाण्डौमा ज्यान गएको सितोरियो कराँतेका अन्र्तराष्ट्रिय निर्णायक तथा धनुषाका कराँते प्रशिक्षक बिरेन्द्र कर्णले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । त्यस्तै कोरोनाका कारण भलिबलका पुर्व राष्ट्रिय खेलाडी बिनोद मण्डलको समेत ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउने खेलाडीको परिवारका लागि राष्ट्रिय खेलकुद परिषदले सक्दो सहयोग गर्न पहल गर्ने परिषदका सदस्य मानदेव हजाराले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here