अशोक पहाडी,चन्द्रनिगाहपुर,२ बैशाख । रौतहटमा कोरोनाका कारण सर्बसाधारणको ज्यान जाने क्रम बढदै गएको भएपनि निर्वाचित जनप्रतिनिधिको कतै उस्थिती नभएको भन्दै समाजिक संजालमा ब्यापक आलोचना भएको छ । संघिय सांसद तथा प्रदेश सांसदले कोरोना महामारीमा कुनै काम नगरेको भन्दै सामाजिक संजालमा उनीहरुको ब्यापक आलोचना भएको छ ।
जिल्लामा सर्बसाधारण कोरोनाका कारण मर्दे गएको भएपनि नेताहरुले जिल्लामा कोरोना रोकथामका लागि कुनै पहल नगरेको भन्दै फेसबुकभरी उनीहरको आलोचना भएको छ । रौतहटमा एक महिना भन्दा कम समयमा कोरोनाका कारण तीन दर्जन भन्दा बढीको ज्यान गएको भएपनि जिल्लाबाट निर्वाचित संघिय सांसद तथा प्रदेश सांसदको भुमिका सुन्य देखिएको भन्दै आलोचना भएको छ । फेरी चुनाव कुन मुख लिएर भोट माग्न आंउछौ,होला ? भन्दै फेसब्ुुकमा सर्बसाधारणले आलोचना गरेकाछन् ।
जिल्ला अस्पताल गौरमा रहेको बेथितीका बारेमा सांसद अनिल झा ,प्रभु साह देवप्रसाद तिमलसिना ,कल्याणी खड्का ,रेखा झा ,डिम्पल झा योगेन्द्र यादवले नबोल्नु दुर्भाग्यको कुरा भन्दै सामाजिक संजाल फेसबुकमा आर एन साहले प्रश्न गरेकाछन् ।
उनी जस्ता धेरै सामाजिक संजाल प्रयोगकर्ताले १८ वटा स्थानीय तहका छोटे राजाका कारण सर्बसाधारणले ज्यान गुमाउनु परेको र स्थानीय तहका प्रमुखले कोरोना बिरुद्ध कुनै काम नगरेको भन्दै आलोचना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here