गौर, ५ जेठ । रौतहटमा बुधबार थप २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । गौर अस्पतालमा बुधबार गरिएको पिसिआर परिक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । २०२ जनाको बुधबार कोरोना परिक्षण गरिएको थियो । जसमा १९७ जनाको पिसिआर परिक्षणमा २२ जना र ३ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण हुदा ३ जनामा कोरोना पुष्टि भएसँगै आज २५ जनामा कोरोना पुष्टि भएको हो । बुधबार कोरोना संक्रमितहरुमध्ये गौरमा ४ जना र १ जनाको अन्य जिल्लामा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६१ पुगेको छ । पछिल्लो समय रौतहटमा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १२४ जना निको भएको र रौतहटमा नै ६१ जनामध्ये ३६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ । त्यसैगरि बुधबारसम्ममा रौतहटमा ६७६ जना सक्रिय संक्रमितहरु रहेका छन । रौतहटका ६४७ जना होम आइसोलेसनमा रहेको, २५ जनाको सामान्य उपचार गराइ रहेको र ४ जना रौतहट जिल्ला बाहिर रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । रौतहटको १८ स्थानिय तहहरुमध्ये चन्द्रपुर नगरपालिकामा सबैभन्दा बडी ११३ जना कोरोना संक्रमित रहेको यादवले बताए । हाल गौर अस्पतालमा १६ जना । शहिद पार्कमा ७ जना , परोहा अस्पतालमा २ जना बिरामी रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here