चन्द्रपुर, ५ जेठ । रौतहटमा छुरा र खुकुरी देखाएर एक ब्यक्तिको नगद पचास हजार रुपैया लुटिएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं—१ बलरी बस्ने बिगु राउतको अन्दाजि २४ वर्षीय छोरो प्रदिप पटेललाई बुधबार साँझ करिब साढे ४ बजेको समयमा दुई जनाको समुहमा आएका अज्ञात समुहले छुरा देखाई चन्द्रपुर नगरपालिका वडा नं—१० बरेडवाको चौरीमा नगद पचास हजार लुटिएको पिडित प्रदिप पटेलले तराई एक्सप्रेस दैनिकलाई बताएका छन् । पटेलले घर बनाउनका लागी रौतहटको फतुवा बिजयपुर नगरपालिका अन्तर्गत पर्ने सितलपुर बैरगनियाका नातामा फुफाजु पर्ने भजन पटेल सँग कर्जा लिएर आउँदै गरेको अवस्थामा बाटोमै पैसा लुटिएको पटेेेलले दुखेेेसो सुनाए । अति गरिब परिवार रहेका पटेलको रकम लुटिएपछि सो परिवारमा यतिबेला रुवाबास भएको छ । पिडित परिवारले चेतनगर आसपासकै लुटेरा समुह हुन सकने अनुमान गरिएको छ ।