रौतहट,६ जेठ । लामो समयको निषेधाज्ञाका कारण रौतहटमा दिनभरी काम गरेर बिहान बेलुकाको छाक टार्ने मजुरको बिजोक भएको छ । दिनभरी ई रिक्सा चलाएर गुजरा चलाउदै आएका चन्द्रपुर ४ का केदार प्रसाद तिमलसिनाले निषेधाज्ञाका कारण आफु जस्ता दर्जनौ मजदुरको बेहाल भएको गुनासो गरेकाछन् ।
चन्द्रपुर नगरक्षेत्रमा ई रिक्सा चलाएर जिवन यादपन गर्दे आएका दर्जनौको घरमा यतीबेला चुलो बल्न अवस्था नरहेको तिमसिनाले बताए । जिल्लामा दैनिक ज्याला मजदुरी गरेर खानेहरुको अवस्था दयनिय भएका कारण सरकारले निषेधाज्ञाको बिकल्प खोज्नु पर्ने तिमलसिनाको भनाइ रहेको छ । जिल्लाको चन्द्रपुर क्षेत्रमा ठेला चलाउने र रिक्सा चलाउनेको अवस्था नाजुक बन्दै गएको भएपनि प्रदेश सरकार र स्थानीय सरकारले कुनै चासो नदिएको उनीहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here