रौतहट, ७ जेठ । भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव नेपालमा कम हुँदै गएको छ । मौसममा आजबाट सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो भूभागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ । दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here