सर्लाही,७ जेठ । कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा खेतमै कुहिने अवस्थामा पुगेको छ । जिल्लाको बरहथवा नगरपालिका ७ मा करिब रु १५ लाखको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गरेका छन् । गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान मारमा परेका हुन् । खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोेना सङ्क्रमण नियन्त्रणका लागि जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here