अशोक पहाडी ,रौतहट,९ जेठ ।रौतहटमा आज सम्म १ सय ९३ जनाले कोरोना जितेका छन् । उनिहरु उपचारपछि घर फर्केको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् । रौतहटमा हालसम्म ७५ जनाको कोरोनाका कारण ज्यान गयको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । आजसम्म जिल्लामा ७ सय ५८ जना संक्रमित रहेका छन् । संक्रमित मध्य ७ सय २७ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ । रौतहटका संक्रमित मध्य ५ जनाको जिल्ला बाहिर उपचार भईरहेको छ । जिल्लामा सबै भन्दा बढी संक्रमितको संख्या चन्द्रपुर नगरपालिकामा रहेको छ । चन्द्रपुर नगरपालिकामा १ सय ४३ जना संक्रमित फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here