रुपेन्द्र पटेल
रौतहट, १० जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रमा बजारलाई तिब्र पारेका छन् । पछिल्लो समय रौतहटको बजारमा कालोबजारी बढेपछि सो नगरपालिकाले आफ्नो नगर क्षेत्रमा बजार अनुगमन तिब्र परेको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण भएको बन्दाबन्दी तथा निषेधाज्ञाको मौका छोपी रौतहटको बजारमा कालोबजारी भएको गुनासो बढेपछि चन्द्रपुर नगर क्षेत्रका बजार अनुगमन सुरु भएको चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रि लाल साह बताएका छन् । सोमबार बजार अनुगमनमा चन्द्रपुर नगरपलिकाकी उप–मेयर रामरती चौधरी, चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साह, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरे, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरी, चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव सुनिल कुमा साह, इलाका प्रहरी र प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधिहरु द्धारा बजार अनुगमन गरिएको हो । अनुगमनको क्रममा बसन्तपुर, सन्तपुर र चन्द्रनिगाहपुरका विभिन्न पसलबाट म्याद गुज्रिएको तथा अखाद्य बस्तु बरामद भएको खाद्य चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीले बताईन् । चन्द्रपुर नगर क्षेत्रकोबजार अनुगमन हुन थालेपछि उपभोक्ताहरु राहत तथा खुशी महसुस गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here