कटहरिया, १० जेठ । कोरोनाको दोस्रो लहरमा जिल्ला प्रशासन कार्यालय रौतहट ले गरेको निषेधाज्ञाको कारण प्रायः सबै मानिस आ-आफ्ना घरभित्र छन । तर कटहरिया नगरपालिका १ बड्का बडेरवा गाउँका केहि मानिस मदिरा सेवन गरेर कैयौं मानिसलाई कुटपिट गर्नुका साथै एक घरमाथी आक्रमण गारी ठुलो क्षति पुर्याएका छन । बडका बडेरवा उतर टोलका किशोर यादव, पारस यादव लगायतको समूहले दक्षिण टोलका रामकिशुन पटेल ,लक्षमी पटेल , हरि पटेल लगायत लाई कुटपिट गरि हरि पटेलको घरमा आक्रमण गरेको पीडित परिवारले जनाएको छ । उनिहरुले हरि पटेलको श्रीमति लाई पनि हाथपात गरि घरमा रहेको केही नगद समेत लुटेर लगेको पीडित परिवारले बताएका छन । आइतबार राती साढे ८ बजे किशोर यादव र पारस यादव कटहरिया तिर बाट बडेरवा दक्षिण टोलबाट रक्सी खाएर गईरहेका थिए । उनिहरुले मोटरसाइकल घुमाउंदा स्थानीय हरिलाल पटेल को खुट्टामा चोट लागेको थियो । पटेलले ,रोकेर प्रतिबाद गर्दा किशोर र पारसले रामकिशुन लाई हात छोड्यो । लगत्तै ईलाका प्रहरी कार्यालय कटहरियाका सई महानन्द कुर्मिको घटनास्थल पुगेका थिए । त्यतिकैमा उतर टोलका सितल यादव ,प्रेम यादव ,रण्धिर मिश्रा लगायत ठुलो संख्यामा मानिसहरु त्यहाँ गएर सई कुर्मिकै अगाडि लक्षमी पटेल को नाकमा हानेर घाइते बनाएको समाजसेवी मनोज कुमार साहले बताएका छन । त्यसपछि सई कुर्मिले दुबै पक्षलाई सम्झाएर घर पठाएको थियो । दक्षिण टोलका मानिस आआफ्नो घरमा जानलागे तर उतरटोलकस उक्ति समूह फर्केर हरि पटेलको ढोका फोडेर उसको श्रीमति लाई कुटपिट गरि घरको सबै सामान जथाभावी फालेर वैदेशिक रोजगारमा रहेका छोराले पठाएको केही रकम समेत लुटेर लगेको दाबी गरेका छन ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई महानन्द कुर्मिका अनुसार कटहरिया १ का पारस यादव र किशोर यादव सहित दर्जन बढी मानिसले मदिरा सेवन गरेर अमानवीय ब्यवहार गरेकाले उनलाई लाई कानुनी कार्वाहीको दायरामा ल्याउन जरुरी रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here