काठमाडौं १२ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् ।
मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वाेच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा प्रश्न सोधिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here