चन्द्रनिगाहपुर,१२ जेठ । पुर्ब पश्चिम रेलमार्गमा लागि बन्दै गरेको ड्याम एक झर पानीमै भत्कन थालेको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका क्षेत्रमा बन्दै गरेको रेल मार्गको ड्याम केही दिन पहिला देखीको आकाशे पानीका कारण भत्कन थालेको हो ।
रेलको लिक बनाउनका लागि बनाइएको ड्यामको सुरुवाती चरणमै रोलिङ गरेर माटो नथिची धमाधम ग्रबेल हालेका कारण समान्य पानीमा भत्कन थालेको स्थानीय बासिन्दाले बताएकाछन् ।
चन्द्रपुर ८ मा बन्दै गरेको रेल स्टेशनको ग्रेवलको थुप्रो भत्केका कारण स्थानीय किसानले लगाएको बालीनाली नष्ट हुन थालेको छ ।
चन्द्रपुर नगरपालिका वडानं ८ को सन्तपुरमा चौधरी कन्ट्रक्सनले पेटी ठेक्का पाएको काम जरैदेखी गुणस्तरहिन भएको र रेलिङ समेत नगरी भकाभक काम भईरहेको छ । यसका कारण समेत पछि गएर सो ड्याम भत्कने खतरा बढदै गएको स्थानीय बासिन्दाले बताए । जरै देखी गुणस्तरहिन काम भएका कारण अहिलेनै ड्याम भत्कन थालेको पछि बर्षायाममा सो ड्याम भत्केर स्थानीय किसानको बालिनाली नष्ट हुने खतरा बढेको सन्तपुरका स्थानीय बासिन्दा राजन तिमलसिनाले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here