चन्द्रनिगाहपुर,१३ जेठ । चन्द्रपुर नगरपालिकाको मुख्य चोकमा नालाको काम समयमा नभएका कारण स्थानीय उपभोक्ता पिउने पानी खानबाट बन्चित भएकाछन् ।
चन्द्रपुर नगरपालिकाले बनाउन लागेको नालाको काम चन्द्रनिगाहपुर स्थित नेपाल बैंक अगाडी भईरहेका कारण खाने पानीको सप्लाई बन्द भएको हो ।
नालाको काम समयमा नभएका कारण खानेपानी सप्लाई अवरुद्ध भएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यलयका प्रमुख लोकेन्द्र खड्काले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । नालाको काम नसकिय सम्म पानीको सप्लाई बन्द रहने उनले जानकारी दिएकाछन् । पानीको सप्लाई बन्द भएका कारण चन्द्रनिगाहपुर ईलाका प्रहरी कार्यलय आसपासको टोल तथा ठोकर टोलका गरी करिव २ सय घरधुरीमा पानीको सप्लाई बन्द भएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपक धितालले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here