जनकपुरधाम, १३ जेठ । कोरोना महामारी फैलिए यता प्रदेश नं. २ का झण्डै ३ प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएका छन् ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बिहीबार कोरोना महामारीको पछिल्लो अवस्थाबरे जानकारी लिन बोलाएको सरोकारबलाहरुको बैठकमा प्रस्तुत गरिएको तथ्यांकमा झण्डै तीन प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएको उल्लेख छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले प्रदेशमा ६० लाख जनसंख्या रहेको अनुमान गर्दै त्यसको २ दशमलव ९८ प्रतिशत अर्थात एक लाख ७८ हजार ६३१ जनाले पिसिआर परिक्षण गराएको जानकारी गराएका छन् । उनले पिसिआर परिक्षण गराएका हरु मध्ये १७ दशमलब ४७ प्रतिशत अर्थात ३१ हजार २२३ जना संक्रमित देखिएकोमा हाल ११ हजार ५ सय ५९ जना एक्टिभ संक्रमित रहेको जानकारी समेत गराएका छन् । स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्यांक अनुसार हाल अस्पतालमा ७३४ जना उपचार गराई रहेका छन भने १० हजार ६२५ जना होम आइसोलेशनमा रहेको छ । कोरोना संक्रमणका कारण प्रदेशमा हाल सम्म ६०३ जनाको मृत्यु भएको छ ।
कोरोना महामारीको दोस्रो लहरको संक्रमण दर समेत पछिल्लो समयमा घटदो क्रममा गएको छ ।
२४ घण्टामा ५६० सम्म पुगेको संक्रमण दर बुधवार ३४४ मा झरेको निर्देशक झाले व्रिफिङको क्रममा जानकारी गराएका हुन । तर उक्त दर फेरी पनि बढन सक्ने सम्भावना कायमै रहेको हुनाले सतर्कता अपाउन आवश्यक रहेको बताएका छन् ।
बैठकमा उपस्थित अन्य सरोकारबालाहरुले हाल कोरोना संक्रमण रोकथाम, उपचार र नियन्त्रणका विषय आ–आफनो निकाय बाट भै रहेको प्रयास हरु बारे जानकारी गराएका थिए । बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी सहितको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here