A pedestrian walks with an umbrella as lightning strikes during an evening thunderstorm in Jammu on May 14, 2015. AFP PHOTO / RAKESH BAKSHI (Photo credit should read rakesh bakshi/AFP/Getty Images)

अशोक पहाडी,रौतहट,१४ जेठ । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार बिहानैबाट बर्षा भइरहेको छ । रौतहट जिल्ला प्रशासन कार्यलयले तटिय क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित बस्न आग्रह गरेको छ । बागमती ,लालबकैया तथा चादी खोलाको तल्लो भेगमा बस्नेलाई सर्तक रहन रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले आग्रह गरेकाछन् । उनले खोला किनारामा नजान समेत आग्रह गरेकाछन् । लगातारको बर्षाका कारण रौतहट जिल्ला भएर बग्ने खोला तथा नदीमा बढीको सम्भावना बढदै गएपछि जिल्ला प्रशासन कार्यलयले सबैलाई सर्तक रहन आग्रह गरेको हो ।
शनिबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने छ । तर मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मात्र छ । आइतबार राति भने प्रदेश १ र प्रदेश २ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।
यास चक्रवातको प्रभावका कारण परिवर्तन भएको मौसमले क्षति पुर्याउन सक्ने भन्दै मौसमविदहरुले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन र तटीय क्षेत्रमा विशेष सजगता अपनाउन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here