अशोक पहाडी,चन्द्रनिगाहपुर,१४ जेठ । जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई कार्वाही हुन नसक्दा उपभोक्ता ठगिन बाध्य भएकाछन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यापारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् ।
उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति सम्बन्धीत निकायले चासो नदिएको गौरका स्थानीय सतेन्द्र सिंहले तराई एक्सप्रेसलाई बताए ।

जिल्लाको चन्द्रनिगाहपुर,गौर,गरुडा,कटहरिया लगाएतका स्थानमा रहेका ब्यापारीले उपभोक्तसंग मनोमानी मुल्य लिने गरेको सर्बसाधारणको भनाइ रहेको छ ।
महामारीको विषम परिस्थितिमा समस्याको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुल गर्ने, कालोबजारी गर्नेलगायत गरे कारबाही गर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । केहीदिन पहिला चन्द्रनिगाहपुरका दैनिक उपभोग्य पसलमा चन्द्रपुर नगरपालिकाले अनुगमन गरेको भएपनि अन्य नगरपालिकाले बजार अनुगमन नगरेका कारण आम उपभोक्ता ठगिन बाध्य भएको कटहरियाका पत्रकार संजय मिश्रले तराई एक्सप्रेसलाई बताए । चिनि ,नुन,तेल लगाएतका दैनिक उपभोग्य बस्तुमा ब्यापारीको मनोमानी दररेट रहेको भन्दै सर्बसाधारणले बजार अनुगनको माग गर्दे आएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here