अशोक पहाडी,चन्द्रनिगाहपुर,१५ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चादी खोलामा रहेको पुलमा सडक खाल्डै खाल्डा भएका कारण सवारी आवागमनमा समस्या भएको छ । सो स्थानमा केही महिना पहिला मर्मत गरेको भएपनि सडक मर्मत भएको एक महिना नपुग्दै फेरी भत्केको हो ।यो सडकखण्ड हुँदै दैनिक हजारौँ सवारी साधन गुड्छन । राजमार्गको पुल माथिको पिचनै भत्केर कुरूप बन्दा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानीयको भनाइ छ । राजमार्गको चादी र बागमती पुलमा खाल्डो परेका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालक रंग तिमल्सिनाले तराई एक्सप्रेसलाई बताए । त्यसबारे सडक डिभिजन कार्यालय, चन्द्रनिगाहपुरलाई पटक–पटक जानकारी गराउँदा पनि चासो नदिएको स्थानीय राजु तिवारीले बताए ।
रौतहट क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिनाले पनि पटक–पटक त्यस विषयमा सडक डिभिजनलाई जानकारी गराउँदा वास्ता नगरेको बताए । फाईल / फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here