गौर,१५ जेठ । रौतहटमा एक संचारकर्मी तथा संचार उद्यमीले आफ्नी दिवंगत श्रीमतीको नाममा पत्रकारिता पुरस्करको घोषणा गरेकाछन् । नेपाल पत्रकार महासंघ रौतहटका पुर्व उपाध्यक्ष तथा रेड टिभिका संचालक जय प्रकाश यालवले दिवंगत आफ्नी श्रीमती रामा यादबको स्मृतीमा हरेक बर्ष एकजना संचारकर्मीलाई पुरस्कृत गर्ने गरी २६ हजार एक रुपैया राशिको रामा यादव स्मृती पत्रकारिता पुरस्करको घोषणा गरेका हुन । श्रीमती यादवको गत बैशाख २८ गते गौर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here