काठमाडौं,१६ जेठ । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई आगामी मंगलबार हुने भएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए । 
जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा रखिएको सर्वोच्च अदालतले जनाएको  छ । दुई न्यायाधीशले बेन्च छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here