अशोक पहाडी,गौर,१९ जेठ । रौहतटको गौर अस्पतालमा रहेको पिसिआर ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरुले एकवर्षदेखिको जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । गत असोज १ गतेदेखि सञ्चालनमा भएको सो ल्यावमा कार्यरत ८ जना टेक्निसियन लगायत अन्य कर्मचारीहरुले पनि जोखिम भत्ता नपाएका हुन् । नेपाल सरकारले कोरोना कहरमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप दिनेभनेको जोखिम भत्ता नपाउँदा काम गर्ने उत्साहमा कमि आएको उनीहरुको भनाइ छ । राज्यले दिने भनेको सुविधा प्रदेस सरकार र अस्पताल प्रशासनले दिन किन ढिलाइ गरेको भन्ने उनीहरुको प्रश्न छ ।
कोरोना भाइरससँग २४ सै घण्टा खेलिरहनुपर्ने स्वास्थ्कमीकर्मीको लागि छुट्टै आइसोलेसन र खान बस्नको व्यवस्थामा अस्पताल प्रशासनले ध्यान नदिएको ल्याव टेक्नोलोजिष्ट रामकृष्ण रायले बताए । अस्पताल प्रशासनले उनीहरुको आग्रहलाई वेवास्ता गरेपछि आफैले पैसा उठाएर खाना पकाउने भाडाँ, ग्यास र खाद्य सामाग्री किनेर अस्पतालको एउटा कोठामा खाना खाने व्यवस्था उनीहरुले मिलाएको फोकल पर्सन अनुठा रायको भनाइ रहेको छ । जिल्लाका १८ वटा स्थानिय तह तथा छिमेकी जिल्लाहरुबाट पनि दैनिक २ देखि ३ सय हाराहारी परीक्षणको लागि आउने गरेको ल्यावले जनाएको छ । यसरी आएको स्वावलाई ल्यावका स्वास्थ्यकर्मीहरुले २४ सै घण्टा खटेर दैनिक २ सय हाराहारीको परीक्षण पश्चात नतिजा दिने गरेका छन् । एकपटकमा बढिमा ७२ वटा स्वाव परीक्षण गर्न सकिने र सो को नतिजा आउन ६ देखि ७ घण्टासम्म लाग्ने गरेको छ ।
प्रदेश सरकारले अन्र्तगत रहेको सो अस्पताल र ल्यावमा कार्यरत स्वास्थ्कर्मीले जोखिम भत्ता लागयतका अन्य सेवा सुविधा पनि नपाउँदा स्वास्थ्यकर्मीको काम गर्ने हौशलामा कमि आएको ल्याव टेक्निसियन आयसा सिद्धकीले तराई एक्सप्रेसलाई बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here