गौर,२० जेठ । कोविड १९ (कोरोना) को दोश्रो लहरका कारण संक्रमित भएर रौतहटमा ज्यान गुमाउनेको सँख्या सय नाघेको छ । हाल सम्म जिल्लामा मृत्यु हुनेको कुल सँख्या १ सय ३ पुगेको छ । रौतहटमा संक्रमित भएर ज्यान गुमाउनेहरुमा तिन स्वास्थ्यकर्मी, दुई संचारकर्मी र एक प्रहरी समेत रहेका छन । यता जिल्ला प्रशासन कार्यालय रौतहटले जेठ २६ गते सम्म एकसाताका लागी जिल्लामा निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले तराई एक्सप्रेसलाई जानकारी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here