गरुडा,२१ जेठ । रौतहटको एक वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर. २ का वडाध्यक्ष विसुनदेव सहनीको उपचारको क्रममा मृत्यु भएको मृतक वडाअध्यक्षका छोरा मनोज सहनीले बताएका छन् । उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए । अन्दाजी ७५ वर्षिय सहनीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबार राति सहनीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । यस गरुडा नगरपालिका वडा न. ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here