चन्द्रनिगाहपुर,२२ जेठ । चन्द्रपुर नगरपालिका वाडानं ६ मा राज कुलो अतिक्रमण गरेर घर बनाउदा समेत नगरपालिकाले चासो नदिएको स्थानीयको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका वडानं ६ स्थित अरुण आयल अगाडीको प्लटिङ गरिएको जमिनमा घर बनाउनेहरुले राजकुलो अक्रिमण गरेको स्थानीयले बताएकाछन् । सो जमिन प्लटिङ गर्ने बेलामै कुलोको बिषयमा बिवाद भएको थियो । अहिले आएर सो स्थानमा बन्दै गरेका घरका धनीले कुलोनै मिचेर घर बनाउदा समेत सम्बन्धीत निकायले वास्ता नगरेको स्थानीयको भनाइ रहेको छ । सो बिषयमा स्थानीयले पटक पटक वडाअध्यक्ष तथा मेयरलाई जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको स्थानीयको भनाई रहेको छ । कुलो मासेर घर बनाउने माथि कार्वाही गर्नुपर्ने स्थानीयको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here