जनकपुर,२२ जेठ । पछिल्लो समय जसपा भित्रको चरम विवादले प्रदेश २ मा सत्ता समिकरणको खेल सुरु भएको छ । जसपा अध्यक्ष महन्त ठाकुर पक्ष केन्द्रिय सरकारमा सहभागि भएसंगै प्रदेश २ मा सत्ता परिवर्तनको खेल सुरु भएको हो । सत्ता समिकरण हेरफेर गर्न जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका छन् ।
शुक्रबार साँझ काठमाडौंबाट जनकपुर पुगेका यादव ठाकुर पक्षलाई सरकारबाट हटाएर काँग्रेस र माओवादीलाई ल्याउने गरी छलफलमा सक्रिय भएका हुन् ।
अहिले प्रदेश २ मा जसपा नेतृत्वको बहुमतको सरकार छ । पूर्व संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको सरकार बनेको थियो । पछि पार्टी एकता हुँदा जसपाको एकल बहुमतको सरकार थियो । जसपाको पूर्ण मिलन नहुँदै पछिल्लो राजनीतिक घटनाक्रमले सम्बन्ध पिच्छेदको डिलमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here