चन्द्रनिगाहपुर,२४ जेठ । बढ्दो गर्मीसंगै रौतहटको चुरे फेदीका झरनामा नुहाउन जानेको संख्या बढदै जान थालेको छ । कोरोनाका कारण ब्यापार ब्यावसाय बन्द भएसंगै घरमै बस्न बाध्य रहेका चन्द्रपुर नगरक्षेत्रका ब्यापारी तथा सर्बसाधारण चादी खोलाको सिरानमा रहेका झरनामा नुहाउन जाने क्रम समेत बढदै जान थालेको छ । जेठको प्रचण्ड गर्मीमा केही समयका लागि राहतको महसुश गर्नका लागि आफु चादेको सिरानमा रहेको झरनामा नुहाउन आएको नेपाल बिद्यार्थी संघका नेता श्यामहरी चौलाईले बताए । चादे सिरानमा रहेक झरनाको उचित संरक्षण गरेर सो स्थानमा आन्तरिक पर्यटनको विकास गर्नुपर्ने चन्द्रनिगाहपुरका ब्यापारी राजु तिवारीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here