रौतहट,२४ जेठ । जिल्लाको गरुडामा प्रहरी र स्थानीय बिच झडप हुदा डिएसपी सहित ६ जना प्रहरी घाईते भएकाछन् । आईतबार राती गरुडा नगरपालिका ९ गेडाहीगुठी भन्ने स्थानमा स्थानीय र प्रहरी बिच झडप भएको थियो । गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जाने क्रममा प्रहरीले रोक्न खोजे पछि स्थानीय र प्रहरी बिच झडप भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनकारी दिएको छ ।
झडपमा ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरे सहित ६ प्रहरी घाइते भएका छन । घटनामा संलग्न प्रहरीले २ जनालाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धि विक्रम शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here