अशोक पहाडी,
रौतहट,२६ जेठ ।
अबैध रकम सहित रौतहट प्रहरीले २ जनालाई फक्राउन गरेको छ ।
बुधबार बिहान रौतहट जिल्ला परोहा न.पा.९ रामपुरखाप स्थितमा नेपाल भारत सिमामा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको एक थान मोटर साईकल भारत बिहारको मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ को बन्टि कु.कलवार र मोटर साईकल पछाडि सवार सोही स्थान बस्ने २० बर्षकाको सुरज कलवारलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई चेक जाच गर्ने क्रममा उनीहरु पक्राउ परेकाह हुन् ।
उनीहरुले बोकेको नाईलुनको झोलामा र निजहरुको साथबाट भारतबाट नेपाल तर्फ पैठारी गरि ल्याएको अवैध रकम (तिस लाख छयत्तर हजार)नेपाली नगद रुपैया बरामद गरीएको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी सिद्धि बिक्रिम साहले जानकारी दिएकाछन् ।
पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी साहले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here