गौर, २७ जेठ । रौतहटकाहरुले चिनिया कोरोना खोप भेरोसिल लगाउन पाउँने भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको बिशेष अनुरोधमा स्वास्थ्य शाखा गौर रौतहटमा भेरोसिल खोपको ब्यबस्था मिलाइएकाले जिल्लाभरी रहेका क्रियासिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई जेठ २८ गते शुक्रबार सो खोप लगाउन खोप केन्द्रमा प्रेस पाससहित सहभागी हुन महासंघले अपिल गरेको हो । कोरोना महामारीका बीच पत्रकारहरु अग्रपंक्तिमा रहेर समाचार संकलनमा जानु पर्ने भएकाले कोरोनाबाट हुन सक्ने जोखिमबाट बच्नका लागी पत्रकारहरुलाई खोपको आवश्यकता परेको नेपाल पत्रकार महासघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन् । रौतहटमा पत्रकारिता क्षेत्रमा काम गर्दै आएका केही पत्रकारहरुले विविध कारणले खोप लगाउनबाट बञ्चित भएका छन । यसभन्दा अगाडी खोप नलगाएका पत्रकारहरुलाई खोप लगाउने प्रबन्ध आफुले मिलाइएकाले खोप लगाउन सम्पुर्ण पत्रकारलाई अपिल गरेको अध्यक्ष झाले बताए ।