कैलाली, २८ जेठ । कञ्चनपुरमा नशालु पदार्थ खुवाएर एक किशोरीको सामूहिक बलात्कार भएको छ । बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए । बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेको थापाले बताए । एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने, ‘अर्का आरोपी फरार छन् । खोजी भइरहेको छ।’ नशालु पदार्थ खुवाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here