रुपेन्द्र पटेल
बृन्दावन,२८ जेठ ।
रौतहटको बृन्दावन नगरपालिकाले आफ्नो नगर क्षेत्रभरी विद्युतको पोलमा लगाएको बत्ती बर्षा सुरु भएसंगै बिग्रीन थालेको छ । आफ्नो नगरलाई उज्यालो बनाउँन बृन्दावन नगरपालिकाले आफ्नो नगर क्षेत्रका ९ वटै वडाको ठाउँ ठाउँको पोलमा डिजिटल बत्ती जडान गरेका थिए । तर सो बत्तीहरु वर्षा सुरु भएसँगै बिग्रीन थालेको स्थानिय वासिन्दाहरुले तराई एक्सप्रेसलाई बताएका छन् । बिग्रेको बत्ती मर्मत तथा सो बत्तीको साट्टो नयाँ बत्ती नहाल्दा स्थानियलाई अन्धकारमा बस्नु पर्ने बध्याता सृजना भएको हो । पोलमा लगाएको बत्तीले गाउँमा उज्याला छाएका थिए, तर सो बत्तीहरु धमाधम बिग्रीन थालेपछि यतिबेला गाउँमा अन्धकार छाएको बृन्दावनका स्थानिय युवा अजय पटेलले बताएका छन् । सो नगरपालिकामा बत्ती हाल्ने तथा बत्ती मर्मत गर्ने नाउमा वर्षेनि लाखौं रकम निकासा समेत हुने गरेको जानकारहरुको भनाई छ । बत्ती हाल्ने तथा मर्मत गर्ने बिषयमा बृन्दावन नगरपालिकाका नगरप्रमुख राम स्नेही यादव सँग बुझदा बिग्रेको स्थानमा चाडैं नयाँ बत्ती जडान गर्ने बताएका छन् । लगातारको वर्षामा धेरै स्थानका बत्ती बिग्रेको र मर्मत गराउँदा समेत मर्मत नहुँदा अब पाँच सय वटा नयाँ बत्ती खरिद गर्ने तयारी गरिएको नगरप्रमुख यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here