गौर, २८ जेठ । रौतहटका मुख्य नदी बाग्मती र लालबकैयाका बाँध तथा स्परहरुको मर्मत कार्य तिव्र गतिमा अगाडि बढेको छ । प्रदेश २ मा बाढीको उच्च जोखिममा रहने रौतहटमा बाग्मती र लालबकैयाको बाढीले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गर्दछ । बाढीमा डुबान र कटानको समस्या नियन्त्रण गर्न कमजोर रहेका स्परहरुलाई मर्मत गर्ने र भत्कीएका, कमजोर तटबन्धहरुलाई पुनः निर्माण गर्ने काम भइरहेको हो । यस वर्ष औसत भन्दा बढी वर्षा हुने र मनसुन पनि चाडैं शुरु हुने पूर्वानुमान रहेकोले तटबन्धहरुलाई दुरुस्त बनाउन निर्माण कार्य भइरहेको स्थानमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । वागमती र लाल बकैयाको बाढीको पानी बस्तीमा प्रवेश गर्न नदिन हर सम्भव प्रयास भइरहेको उनले बताए ।

रौतहटमा बाग्मती नदीको पश्चिमी र पूर्वी दुवै तर्फ गरी ११ तथा लाल बकैया नदीको पूर्वी र पश्चिमी गरी १३ स्थान उच्च जोखिममा रहेको बागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले बताएका छन् । दुवै नदिको कुल २४ स्थानमा बाढी, कटान र डुवानको उच्च जोखिममा रहेको उनले भनाई छ । नेपाल भारत सीमा क्षेत्रको जिरोदेखि साढे १७ किलो मिटर उत्तर सम्मको वाग्मतीको बाँध उच्चजोखिममा रहेको आयोजना प्रमुख सिद्धिकीले जानकारी दिए । रौतहटको ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा र रजवडा बाढीको उच्च जोखिम रहेको छ ।

नदी नियन्त्रण आयोजनाको प्रमुख सिद्धिकीले हाल विभिन्न स्थानको बाँध निर्माणको लागि ४१ करोड ४९ लाख रुपैयाँ लाग्ने भएको हुँदा विभागसहित मन्त्रालयमा पत्राचार गरिएको आयोजना प्रमुख सिद्धिकीले बताएका छन् । गत चैत महिनामा अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पठाइए पनि अहिलेसम्म बजेट निकासा नभएको उनले बताएका छन् । हाल भइरहेको सबैकामहरु उधारोमा गर्नु परेको उनको गुनासो छ । तटबन्ध तथा स्पर मर्मतको कामहरुको जिल्ला विपत व्यवस्थापन समितिले स्थलगत अनुगमन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here