अशोक पहाडी,
रौतहट,२९ जेठ ।
रौतहटमा आफ्नै श्रीमानले आफ्नै श्रीमती माथि एसिड प्रहार गरेकाछन् । रौतहकटो चन्द्रपुर नगरपालिका वडानं ४ मा सुनचादीको पसल गरेर बसेका ४२ बर्षका दिपक श्रेष्ठले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका हुन् । ३८ बर्षकी श्रीमतीलाई बिश्वकर्मा सनिबार साँझ एसिड प्रहार गरेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले बताए । एसिड प्रहारबाट घाईते महिलाको चन्द्रनिगाहपुर स्थित एपोलो अस्पतालमा उपचार भईरहेको छ । एसिड प्रहारबाट महिलाको हात र खुट्टामा असर परेको डिएसपी लामिछाने बताए । बिश्वकर्माले कुन खाले एसिड प्रहार गरेको भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । एसिड प्रहार गर्ने दिपक ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेकाछन् । चन्द्रनिगाहपुरमा सुनचादीको पसल गरेका बसेका उनले सुनचादीमा प्रयोग गर्ने एसिड आफ्नै श्रीमतीलाई प्रहार गरेको प्रहरीको अनुमान रहेको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको डिएसपी लामीछाने बताएकाछन् । पिडित महिलाको दुई छोरी र एक छोरा रहेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here