चन्द्रपुर,१ असार । करिब डेढ महिनादेखि लागू गरेको निषेधाज्ञाका कारण रौतहटका प्रमुख ब्यापारी बजारका साना पसल व्यवसायी संकटमा परेका छन् । जिल्लामा साना ब्यावसायीका साथै होटल ब्यावसाय समेत संकटमा परेको छ ।
पछिल्लो केही बर्ष देखी रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा बढेको होटलको लगानी समेत निषेधाज्ञाका कारण संकटमा परेको रौतहट होटल ब्यावसायी संघका अध्यक्ष अरुण लामाको भनाइ रहेको छ । बिषेधाज्ञा लम्बिँदै गएपछि कतिपय व्यवसायी सटर भाडा समेत तिर्न नसक्ने अवस्था पुगेकाछन् । भाडामा लिएका सटर र घर छाडेर पलायन हुन थालेको पाइएको छ । लामो समयसम्म पसल÷व्यवसाय सञ्चालन गर्न नसक्दा भाडा तिर्न समेत नसक्ने अवस्था आएपछि व्यवसायी पलायन हुने अवस्था आएको चन्द्रनिगाहपुर स्थित मामा भन्जा फेन्सी स्टोर्सका संचालक अभि फुयालले तराई एक्सप्रेसलाई बताए ।
यस भन्दा पहिलेको लकडाउनमा पनि धेरै फेन्सी ब्यावसायी मारमा परेको र यो निषेधाज्ञाले झनै समस्या परेको उनको भनाइ रहेको छ ।
चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बासु अधिकारीले निषेधाज्ञाको समयमा व्यवसायीले सटर खाली गराएर सामान सार्ने वा आफ्नो डेरामा नै लगेर थुपार्न पर्ने अवस्था आएको बताए । उनले भने, अहिलेको बन्दमा चन्द्रपुर नगरक्षेत्रका लत्ता कपडा, होटल र यातायात सबैभन्दा धेरै मारमा परेका छन् ।
अरु ब्यावसाय बन्द भएपछि चन्द्रनिगाहपुरका केही ब्यापारी सटर बन्द गरेर तरकारी ब्यापारमा लागेकाछन् । घर भाडा र बैंकको व्याजका कारण रौतहटका व्यापारी संकटमा परेको स्थानीय ब्यापारी राजेन्द्र तिवारीको भनाइ रहेको छ । उनले भने, कर तिर्ने समय आएको छ । व्यवसायीहरु नै व्यवसाय छोडेर बसेका छन् । यस्तो समयमा कर तिर्न सक्ने अवस्था छैन । सटरकै भाडा कसरी तिर्ने भन्ने चिन्ताले व्यवसायीहरुलाई सताएको छ ।
पहिलेको बन्दबाट केही माथि उठ्न लागेको व्यवसायलाई कोरोनाले फेरी ढालेको उनले बताए । घर धनीहरुले पनि बैंकको व्याज तिर्नुपर्ने र घरभाडा नै आयस्रोत भएको भन्दै भाडा छुट दिन सकेका छैनन् । पहिले बन्दमा पनि घरभाडा छुट दिने कुरा आएको थियो । स्थानीय सरकारले नै कानुन बनाएर घरभाडा छुट दिनसक्ने व्यवस्था रहेको छ । तर अहिलेसम्म घर भाडा छुट दिने कानून निर्माण भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here